रमेश कुमार यादब
पुस २७,रौतहट । शीतलहरसँगै बढेको चिसोले रौतहट जिल्ला सहित आसपासका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गईरहेको छ । गत केहि दिनको लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन दिनानुदिन कष्टकर बन्दै गईरहेको छ । विशेष गरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।
यति चिसो र हुस्सु चलेपनि स्थानिय सरकारले आ(आफ्नो नगरबासिको लागी कम्बल देखि लिएर दाउराको ब्यवस्था गर्नमा कुनै चासो नदेखाएको स्थानियहरुको भनाई रहेको छ ।चिसो बढेपछि सार्वजनिक स्थलमा आगो ताप्न चाहने सर्वसाधारणहरुको लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई तथा स्थानिय सरकार अर्थात नगर प्रमुखहरुलाई स्थानियहरुले आग्रह समेत गरेका छन ।। त्यति मात्र नभएर किसानहरुले उब्जाएको तरकारीहरुमा पनि रोग लागेर सताईरहेका छन । शीतलहरका
कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ ।
“तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ”, बृन्दावन नगरपालिकाको किसान रामनारायण यादबले भने, “आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ ।” जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनको अनुभव छ । यता अर्का किसान रामकिशोर कोईरीले भने, “पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडा बालीमा छर्किन थालेका छन्, पैसाको अभावमा औषधि छर्किन नपाउनेले बालीले दिने उत्पादनको आसा मारेका छन् ।” यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडा लगायतको तरकारी बालीको खेती गर्ने गरेका पनि छन् ।
टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ । प्रत्येक सात÷आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ । डढुवाको जोखिम बढेपछि धेरै किसान यति बेला विषादी छर्किन थालेका छन् । हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडा लगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ । एउटै बालीमा पटक पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानहरुको भनाइ छ । पटक पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ । रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् । यो
रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ ।
यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने बताइएका