
रौतहट, १२ फागुन। रौतहटको गौर नगरपालिका–६ सबगढामा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
गत फागुन ९ गते भएको उक्त हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धानको क्रममा सोमबार थप दुई जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा शुभ नारायण शाह र समिर मियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रो तथा आगजनी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
योसँगै सबगढा काण्डमा पक्राउ पर्ने र मुद्दा चल्नेको संख्या २० पुगेको छ । प्रहरीले नियन्त्रणमा लिएका २० जनालाई नै अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी बस्यालले जानकारी दिए ।
उनले शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, बिनोद कुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर हुसेन, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर,बिगन साह, महम्मद कैफ गरी २० जनालाई म्याद थप गरि अनुसन्धान अघि बढाइएको एक प्रश्नलाई जानकारी दिएका छन् ।

