धनुषामा हात बाँधेर २० वर्षीय युवकको बीभत्स हत्या

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १४, शुक्रबार (२ घण्टा अघि)
  • ४६ पटक पढिएको
धनुषामा हात बाँधेर २० वर्षीय युवकको बीभत्स हत्या

धनुषा, १५ फाल्गुन। धनुषाको औरही गाउँपालिका ६ मा एक युवकको हत्या भएको छ । दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटिएको अवस्थामा युवकको शव फेला परेको हो ।

उक्त शव धनुषाकै हंसपुर नगरपालिका-९ रुदौलीका करिब २० वर्षीय सुमित मण्डलको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डिएसपी गणेशबहादुर बमका अनुसार बिहीबार बेलुका घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएको थियो । सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

परिवारजनका अनुसार मण्डल बुधवार साँझ मोटरसाइकल लिएर घरबाट निस्केका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी बिहीबार खेतमा मृत अवस्थामा भेटिएका हुन् ।

घटनाको प्रकृति हेर्दा बुधवार राति नै उनका हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस