गौरमा बेवारिसे झोला फेला, बम हुन सक्ने आशंका

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (१ हप्ता अघि)
  • १६९ पटक पढिएको
गौरमा बेवारिसे झोला फेला, बम हुन सक्ने आशंका

रौतहट, २३ फाल्गुन । रौतहटको गौरमा शंकास्पद झोला फेला परेको छ। गौर नगरपालिका–५ वाल्मीकि नगरस्थित सडक किनारमा आज शंकास्पद अवस्थामा झोला भेटिएको हो।

स्थानीय बासिन्दाले सडक छेउमा बेवारिसे अवस्थामा झोला देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ र झोलाभित्र बम हुन सक्ने आशंकाका कारण उक्त क्षेत्रलाई सुरक्षाका लागि नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार झोलाको प्रकृति बुझ्नका लागि सुरक्षा निकाय सतर्क अवस्थामा रहेको छ। आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत बोलाउने तयारी गरिएको बताइएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस