घुस प्रकरणमा श्रीमान–श्रीमती दुवैविरुद्ध अख्तियारको मुद्दा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (२ घण्टा अघि)
  • ५६ पटक पढिएको
घुस प्रकरणमा श्रीमान–श्रीमती दुवैविरुद्ध अख्तियारको मुद्दा

बारा, ११ वैशाख। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कलैया, बाराका तत्कालीन निमित्त हाकिम (आठौँ तह इन्जिनियर) किशोरप्रसाद यादवविरुद्ध अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यादवले सार्वजनिक जागिरमा प्रवेश गरेदेखि जाँच अवधिमा वैध आयको तुलनामा १ करोड ४६ लाख ८१ हजार २२५ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगपत्रमा उल्लेख छ । यादव सेवामा प्रवेश गरेको २०४७/०३/३१ देखि २०८०/०९/२९ सम्मको अवधिको उनको आयव्यय जाँच गरिएको थियो ।

यस अवधिमा उनको परिवारको कुल वैध आय ३ करोड ४६ लाख २१ हजार ४०१ रूपैयाँ देखिएको छ । तर, सोही अवधिमा यादवले जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन र अध्ययन लगायतमा ४ करोड ९३ लाख २ हजार ६२६ रूपैयाँ खर्च गरेका छन् ।

इन्जिनियर यादवले अवैध रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती निर्मला कुमारीको नाममा समेत राखेको देखिएकाले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस