जनमत संसदीय दलको स्पष्ट सन्देश: मधेश सरकारलाई समर्थन जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ घण्टा अघि)
  • ४८ पटक पढिएको
जनमत संसदीय दलको स्पष्ट सन्देश: मधेश सरकारलाई समर्थन जारी

जनकपुरधाम, २२ वैशाख। जनमतका बहुमत प्रदेश सांसदहरूले मधेश सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएको १२ घण्टापछि जनमत संसदीय दलका नेताले भने समर्थन कायमै रहेको बताएका छन् ।

जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई पत्र लेख्दै समर्थन कायमै रहेको जनाएका हुन् ।

‘जनमत पार्टीको संसदीय दलको नेता म महेश प्रसाद यादव रहेको छु । मेरो जानकारी तथा मैले नबोलाएको संसदीय दलको बैठक विनाको कुनै पनि निर्णय अधिकारिक नरहेकाले वर्तमान मधेश प्रदेश सकारको मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको अधिकारिक समर्थन रहीरहेको व्यहोरा जानकारी सहित अनुरोध गर्दछु’ उनले पत्रमा लेखेका छन् ।

सोमबार राति जनमतका प्रमुख सचेतक चन्दन सिंहले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।

जनमत पार्टीका ९ जना सांसदहरूले सरकारको समर्थन फिर्ता लिएको पत्र पठाएका थिए । जनमत पार्टीका महासचिव समेत रहेका प्रमुख सचेतक चन्दन सि‌ंहका अनुसार पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतसँगको सल्लाहमा पार्टी संसदीय दलका बहुमत सदस्यले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको हो ।

मधेश सरकारमा जनमत पार्टीबाट संसदीय दलका नेता र महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा युवा तथा समाजकल्याण मन्त्री छन् । प्रदेश सभामा जनमत पार्टीका हाल १२ जना सदस्य छन् । ती मध्ये बबिताकुमारी राउत उपसभामुख छिन् ।

मधेशमा एमाले बाहेक सबै दल मिलेर सरकार बनेको छ । जनमत पार्टीका सांसदहरूको यो निर्णयसँगै कांग्रेस नेतृत्वको सरकारको विकल्पमा वैकल्पिक गठबन्धन बन्न खोजेको संकेत देखा परेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ जना चाहिन्छ ।  प्रदेश सभामा हाल नेकपा एमालेका २४नेपाली कांग्रेसका २२जसपा नेपालका १८जनमतका १नेकपा माओवादी केन्द्रका ९लोसपाका ८नेकपा एकीकृत समाजवादीका ७ सांसद छन् । यस्तै राप्रपा नेपालनागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक-एक सिट रहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस