पर्सा–बारामा सशस्त्र प्रहरीको कारबाही, १४ लाखभन्दा बढीको सामान बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (२ हप्ता अघि)
  • १४१ पटक पढिएको
पर्सा–बारामा सशस्त्र प्रहरीको कारबाही, १४ लाखभन्दा बढीको सामान बरामद

पर्सा, २७ वैशाख। सशस्त्र प्रहरी बल नेपाल ले पर्सा र बाराका दुई स्थानबाट ठूलो परिमाणमा कपडा तथा किराना सामान बरामद गरेको छ । भारतबाट राजस्व छलेर नेपाल भित्र्याइएको करिब १४ लाख रुपैयाँभन्दा बढी मूल्यको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला का अनुसार बाराको विश्रामपुर गाउँपालिका–५ कटुवा वीर्ताटोला स्थित एक गोठमा लुकाएर भण्डारण गरी राखिएको १७ पोका कपडा बरामद गरिएको हो ।

वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी को नेतृत्वमा भन्सार कर्मचारीसहित खटिएको टोलीले उक्त कपडा बरामद गरेको जनाएको छ । बरामद कपडाको बजार मूल्य करिब ११ लाख ७५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

यसैगरी शनिबार नै पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा स्थित नेपाल–भारत सीमा नजिक रहेका घरहरूमा भण्डारण गरी राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँ बराबरको किराना सामानसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको कपडा तथा किराना सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय मा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस