धनुषामा दुई बस आपसमा ठोक्किँदा १७ जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (१ घण्टा अघि)
  • ४० पटक पढिएको
धनुषामा दुई बस आपसमा ठोक्किँदा १७ जना घाइते

काठमाडौं, २७ वैशाख। धनुषामा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका-९ फुटबल ग्राउड नजिकै काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको (काठमाडौंबाट-काँकडभिट्टाका लागि गुडेको) बसले ठक्कर दिएपछि दर्घटना भएको हो ।

ओभरटेक गर्ने क्रममा ठोक्किँदा दुवै बस पल्टिएका थिए । बसमा ३३ यात्रु रहेकोमा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा.प्र.०१-००६ ख ५२३७ न.को बसमा सवार यात्रुहरु घाइते भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए । सो बस प्रहरी चौकी लालगढको नियन्त्रणमा रहेको छ ।

घाइतेहरुको मोडल अस्पताल लालगढ धनुषामा लगि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्र१-०१-००१ ख ४२२४ न.को बसमा भने ठूलो क्षति नभएकोले गन्तव्यतर्फ पठाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस