मिथिलाञ्चलमा वटसावित्री पर्व श्रद्धापूर्वक मनाइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २, शनिबार (५ महिना अघि)
  • १७८ पटक पढिएको
मिथिलाञ्चलमा वटसावित्री पर्व श्रद्धापूर्वक मनाइँदै

रौतहट, ०२ जेठ। मिथिलाञ्चलमा आज मैथिली महिलाहरूले पतिको दीर्घायु, सुस्वास्थ्य तथा सुख समृद्धिको कामना गर्दै वट सावित्री पर्व श्रद्धा र भक्तिपूर्वक धुमधाम साथ मनाउँदै छन् । यो पर्वलाई मिथिला क्षेत्रमा ‘‘वसराइत पावइन’ नामले पनि चिनिन्छ ।

हरेक वर्ष जेठ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा महिलाहरू निराहार व्रत बसेर वर र पीपलको रुखमुनि सामूहिक रूपमा पूजाअर्चना गर्ने गरिन्छ । पान, सुपारी, केरा, फलफूल, धुप, अगरबत्तीलगायतका सामग्री चढाएर महिलाहरूले वरको रुखमा रातो र पहेँलो धागो बेरी पूजा गर्ने गरिन्छ।

बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरी आकृति बनाई वरको रुखलाई रंग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ ।

धार्मिक विश्वासअनुसार सत्ययुगमा सतिसावित्रीले कठोर व्रत र तपस्याबाट आफ्ना पति सत्यवानको प्राण यमराजबाट फिर्ता ल्याएकी थिइन् । यसैले मिथिलामा विवाहित महिलाहरूले पतिको दीर्घायु र अटल सौभाग्यको कामना गर्दै वट सावित्री पर्व मनाउने परम्परा रहिआएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस