वीरगञ्ज वडा ७ मा रास्वपाको नयाँ वडा समिति गठन, युवा नेता सुमित चौरसिया सभापतिमा मनोनीत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१ हप्ता अघि)
  • ३७ पटक पढिएको
वीरगञ्ज वडा ७ मा रास्वपाको नयाँ वडा समिति गठन, युवा नेता सुमित चौरसिया सभापतिमा मनोनीत

वीरगञ्ज, ०४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ मा ११ सदस्यीय वडा समिति गठन भएको छ । युवा नेता सुमित चौरसियाको सभापतित्वमा गठित समितिले पार्टीलाई वडा स्तरमा थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

समितिको उपाध्यक्षमा अविनाश गुप्ता, सचिवमा सुमित कनोडीया चयन भएका छन् । सदस्यहरूमा अजित कुमार श्रीवास्तव, पायल देवी, सरिता कुमारी चौरसिया, राजेश्वर प्रसाद गुप्ता, विकास कुमार गुप्ता, अजय कुमार लगायत रहेका छन् ।

यसैगरी वडा समितिका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । उक्त समितिमा नीरज कुमार गुप्ता, अमर सर्राफ, देव कुमार पटेल, सुदीप कुमार चौरसिया र दीपेन्द्र कुमार साह रहेका छन् ।

समिति गठनपछि सभापति सुमित चौरसियाले भने राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज वडा नम्बर ७ मा जनताको आशा र भरोसाको केन्द्र बन्ने  बताए । “हामी युवा शक्तिलाई जोडेर स्थानीय समस्याहरूको समाधानमा केन्द्रित हुनेछौँ । सुशासन, विकास र युवा रोजगारी नै हाम्रो मुख्य प्राथमिकता हो,” उनले भने ।

समिति गठनले वडाका हरेक नागरिकसँग प्रत्यक्ष जोडिने उनले दाबी पनि गरे । “भ्रष्टाचाररहित, पारदर्शी र जनमुखी राजनीतिको अभ्यास गर्न हामी प्रतिबद्ध छौँ । पार्टीका केन्द्रीय नीति र स्थानीय आवश्यकतालाई एकीकृत गर्दै वडाको समग्र विकासमा योगदान दिनेछौँ,” उनले थपे ।

रास्वपा पर्साले समिति गठनलाई पार्टीको सङ्गठन विस्तार अभियानको अङ्गका रूपमा लिएको छ । वडा स्तरबाट सुरु भएको प्रयासले आगामी दिनमा महानगर र जिल्लास्तरमा पार्टीको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस