पर्सामा गहुँको भुसभित्र लुकाइएको ८७ किलो गाँजा बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१६ घण्टा अघि)
  • ६० पटक पढिएको
पर्सामा गहुँको भुसभित्र लुकाइएको ८७ किलो गाँजा बरामद

पर्सा, ०४ जेठ। पर्सामा सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्लाको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा क्षेत्रमा गहुँको भुसभित्र लुकाएर राखिएको अवस्थामा ८७ किलो गाँजा फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको नेतृत्वमा खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा आइतबार राति करिब १० बजे खोजतलास अभियान सञ्चालन गरेको थियो। सोही क्रममा ओरिया खोलानजिक खेतमा गहुँको भुसले छोपेर राखिएको अवस्थामा लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सीमावर्ती र ग्रामीण क्षेत्रमा निगरानी तथा गस्ती अझ कडा पारिएको सशस्त्र प्रहरीले बताए।

 

ताजा अपडेट

खोजी गर्नुहोस