अर्थ मन्त्रालय विवादले मधेश सरकार फेरि संकटमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (१ घण्टा अघि)
  • २२ पटक पढिएको
अर्थ मन्त्रालय विवादले मधेश सरकार फेरि संकटमा

जनकपुरधाम, ११ जेठ। कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार पुनः संकटमा परेको छ । विश्वासको मतअघि भएको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई अर्थ मन्त्रालय दिन कांग्रेस र एमालेले आलटाल गरेपछि नेकपाले सरकारबाट बाहिरिने चेतावनी दिएको हो ।

स्रोतका अनुसार आइतबार नेकपाले सरकारमा रहने वा समर्थन फिर्ता लिने विषयमा आन्तरिक छलफलसमेत गरेको थियो । त्यसपछि मुख्यमन्त्री यादवले नेकपालाई अर्थ मन्त्रालय दिने प्रतिबद्धता जनाएका थिए । नेकपाले भने सहमति कार्यान्वयन नभए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

यसैबीच नेकपा एमालेले पनि चारवटा मन्त्रालय नपाए समर्थन फिर्ता लिन सक्ने संकेत दिएको बताइएको छ । एमालेले मन्त्रीहरूको सूचीसहित मुख्यमन्त्री निवास पुगे पनि अन्तिम समयमा शपथ ग्रहण रोकिएको स्रोतको दाबी छ ।

नेकपाले अर्थ मन्त्रालय पाए आगामी बजेट टेण्डर प्रक्रियामार्फत कार्यान्वयन हुने गरी बनाइने बताएको छ । हाल मधेश सरकारमा सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबण्डा र बजेट व्यवस्थापनलाई लिएर तीव्र शक्ति संघर्ष चलिरहेको छ ।

ताजा अपडेट

५ सेकेण्ड अघि

Test news

खोजी गर्नुहोस