नक्कली नोट कारोबारका मुख्य नाइके पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
नक्कली नोट कारोबारका मुख्य नाइके पक्राउ

जनकपुरधाम, ११ जेठ। भारत–नेपाल सीमा क्षेत्रमा अन्तराष्ट्रिय रुपमै नक्क्ली नोट कारोबारमा सक्रिय गिरोहका मुख्य आरोपी (नाइके) दया तिवारी उर्फ सुशील तिवारी पक्राउ परेका छन् ।

बिहार एसटीएफ, आर्मी इंटेलिजेंस तथा हरैया थाना प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । बिहार प्रहरी मुख्यालय (विशेष कार्य बल) ले एक प्रेस विज्ञप्ति जारी गरी मिलिट्री इन्टेलिजेन्स, लखनऊबाट प्राप्त सूचनाका आधारमा एसटीएफको विशेष टोलीले मेजरगंज थाना क्षेत्रबाट छापा मारेर तिवारीलाई पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका तिवारी सीतामढी जिल्लाको शिवहर थाना क्षेत्र अन्तर्गत खैरवा गाउँका निवासी रहेको जनाइएको छ । उनीविरुद्ध हरैया थाना काण्ड नम्बर २३/२६, का विभिन्न धारा ३१७(५), ३१८(४), ६१-२), ३३८, ३३६(३), ३४०(२), १११, १७८, १७९, १८०, १८१ तथा ३-५) अन्तर्गत विभिन्न मुद्दा दर्ता गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गत जनवरी ३१ मा हरैया थाना प्रहरीले जाली नेपाली तथा भारतीय नोट कारोबारको ठूलो खुलासा गर्दै एक नेपाली नागरि कसहित आठ जनालाई पक्राउ गरेको थियो । उक्त कारबाहीका क्रममा करिब २५ लाख रुपैयाँ बराबरको नेपाली नक्कली नोट, १८ हजार ५०० रुपैयाँ भारतीय नक्कली नोट, एक दर्जन मोबाइल फोन, पासपोर्ट, मोटरसाइकल, कार, नोट छाप्न प्रयोग हुने सादा कागज, रसायन तथा अन्य उपकरण बरामद गरिएको थियो ।

सोही प्रकरणमा दया तिवारीलाई मुख्य सरगना मानिएको थियो । घटना पश्चात् उनी फरार रहेका थिए । अनुसन्धान एजेन्सीका अनुसार आरोपीको सञ्जाल भारत, नेपाल र बंगलादेशसम्म फैलिएको थियो । लामो समयदेखि उनी जाली नोट छपाइ, आपूर्ति तथा ठगी कारोबारमा सक्रिय रहेको बताइएको छ ।

आर्मी इन्टेलिजेन्स र बिहार एसटीएफले उनको गतिविधिमाथि लगातार निगरानी गरिरहेको थियो । प्राविधिक निगरानी तथा गोप्य सूचनाका आधारमा अन्ततः उनलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस