मानव–मटियारवा सडक अलपत्र परेको भन्दै रास्वपाको आपत्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (२ महिना अघि)
  • १७३ पटक पढिएको
मानव–मटियारवा सडक अलपत्र परेको भन्दै रास्वपाको आपत्ति

बारा, ११ जेठ। कलैयाको मानव–मटियारवा ३ किलोमिटर सडक निर्माण कार्य रोकिएको भन्दै स्थानीयवासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा जिल्लाबाट निर्वाचित चार सांसदको आलोचना गरेका छन् ।

स्थानीय श्यामबाबु साहका अनुसार वर्षौंदेखि प्रतिक्षामा रहेको उक्त सडक पिच हुने आशा जनतामा रहे पनि सरकार परिवर्तनपछि निर्माण कार्य रोकिएको आरोप लगाइएका छन। “अब सडक बन्छ भन्ने आशा थियो, तर काम रोकिएपछि जनताको सपना फेरि अधुरै बन्यो,” साहले बताएका छन् ।

सामाजिक सञ्जालमा समेत रास्वपाका सांसदहरूविरुद्ध आलोचना भइरहेको छ । युवाहरू, विद्यार्थी तथा नागरिक समाजका अगुवाहरूले सडकको दुरावस्थाका कारण धुलो, हिलो र जामको समस्या भोग्नुपरेको भन्दै जनप्रतिनिधिहरूसँग जवाफ मागिरहेका छन् ।

स्थानीयहरूले सडक निर्माण कार्य शीघ्र अघि बढाउन सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस