
पर्सा, १६ जेठ। पर्सा जिजिल्लाको बिन्दवासिनी गाउँपालिका–४, अमरपट्टी स्थित सीमा क्षेत्रमा बिओपी अमरपट्टीबाट खटिएको पैदल गस्ती टोलीलाई देख्नासाथ भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरिएका ८० कार्टुनमा प्याक गरिएका ८,००० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला छाडेर संलग्न व्यक्तिहरू फरार भएका थिए।
बरामद गरिएका चल्लाको अनुमानित मूल्य रु. ८ लाख रहेको छ। नियन्त्रणमा लिइएका चल्लाहरूलाई प्रचलित कानुन तथा पशु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डअनुसार मिति २०८३ साल जेठ १६ गते बिहान ११:१५ बजे पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, सम्बन्धित ह्याचरीका प्रतिनिधि, नेपाल प्रहरी,स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको रोहवरमा नष्ट गरिएको छ।सूचना अधिकारीसशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौला बताएका छ्न ।
