निलम्बित सांसद कुशवाहालाई कैद र जरिवाना, अदालतको फैसला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २०, बुधबार (१५ घण्टा अघि)
  • ४१ पटक पढिएको
निलम्बित सांसद कुशवाहालाई कैद र जरिवाना, अदालतको फैसला

जनकपुरधाम, २० जेठ। निलम्बित मधेश प्रदेशसभा सदस्य सरोज सिंह कुशवहालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले प्रदेशसभा सदस्य कुशवाहालाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकेको छ । उनीसंग एक लाख ५४ हजार ५ रुपैयाँ क्षतिपूर्ति शुल्क असुल गर्न पनि भनेको छ ।

महोत्तरी क्षेत्र नम्बर ४ ‘ख’ बाट जनता समाजवादी पार्टी -जसपा) नेपालबाट निर्वाचित प्रदेश सभा सदस्यको रूपमा रहेका कुशावाहाले पदीय हैसियतलाई आधार बनाएर उपभोक्ता समितिहरूबाट कमिसनबाट ३८ लाख ५० हजार १३९ रूपैयाँ भ्रष्टाचार गरेको ठहर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस