राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समिति बैठक निरन्तर जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २३, शनिबार (१ महिना अघि)
  • १४८ पटक पढिएको
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय समिति बैठक निरन्तर जारी

जनकपुरधाम, २३ जेठ। राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी छ।

हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहेको अध्यक्ष राजेन्द्र महतोले बताए।

बैठकमा पार्टीको विगतको समीक्षा, वर्तमान राजनीतिक अवस्थाको मूल्याङ्कन र भविष्यको दिशानिर्देशबारे विस्तृत छलफल भइरहेको उनले बताए। बैठकले पार्टीको भावी रणनीति तय गर्न उनको भनाइ छ।

फागुन २१ को निर्वाचनमा बढारिएपछि मधेश केन्द्रित दलहरूबीच एकताको चर्चा चलिरहेको छ। नेतृत्व हस्तान्तरणसहित पार्टी एकताको बहसबारे पनि पार्टीमा छलफल भइरहेको जनाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस