सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (२ घण्टा अघि)
  • २९ पटक पढिएको
सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ

सर्लाही, ०५ असार। सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा नगद बरामद गरिएको हो।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र सोही स्थानका २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट एक हजार दरका २ हजार ५०० थान, पाँच सय दरका १ हजार ३०० थान र एक सय दरका ५०० थान गरी कुल ३२ लाख रुपैयाँ बरामद भएको छ।

बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले नगद, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस