सर्लाहीमा अवैध सामान बोकेका ५ सवारीसाधन समातिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ११, बिहिबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
सर्लाहीमा अवैध सामान बोकेका ५ सवारीसाधन समातिए

सर्लाही, ११ असार। सशस्त्र प्रहरीले सर्लाहीको छतौना क्षेत्रबाट तस्करीका सामानसहित ५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

बुधबार मध्यराति सशस्त्र प्रहरीको बीओपी छतौनाले चार वटा भारतीय नम्बर प्लेटका पिकअप र एक नेपाली नम्बर प्लेटको ट्रक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सवारीसाधन बिहीबार बिहान सर्लाही भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल सर्लाहीका प्रवक्ता डीएसपी एकराज बुरलाकोटीले जानकारी दिए।

उनका अनुसार सवारीसाधनमा के-कस्ता सामान रहेका छन् भन्ने यकिन विवरण खुल्न बाँकी छ। भन्सार कार्यालयले सामानको परीक्षण तथा मूल्याङ्कन गरेपछि थप विवरण सार्वजनिक गरिने उनले बताए।

 

ताजा अपडेट

खोजी गर्नुहोस