
रौतहट, ११ असार। रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का युवक घाइते भएका छ्न। बुधबार साँझ कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा चन्द्रपुर अस्पतालमा दिपेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घाइते आमोद चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
