सीमाबाट २ किलो अफिमसहित तीन जना पक्राउ, एक भारतीय र दुई नेपाली

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (७ घण्टा अघि)
  • ५२ पटक पढिएको
सीमाबाट २ किलो अफिमसहित तीन जना पक्राउ, एक भारतीय र दुई नेपाली

बारा, १४ असार। बारा जिल्ला संग जोडिएको नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको करिब २ किलो अफिमसहित दुई नेपाली र एक भारतीय नागरिकलाई सीमाक्षेत्रबाट पक्राउ गरिएको छ।

सशस्त्र सीमा बल ९एसएसबी० ७१ बटालियनलाई प्राप्त गोप्य सूचनाका आधारमा शनिबार अपरान्ह कोरैया क्याम्प, ७१ बटालियन मोतिहारी र महुआवा प्रहरीको संयुक्त टोलीले भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा सीमा स्तम्भ नम्बर ३८१ नजिक विशेष अपरेसन सञ्चालन गरेको थियो। उक्त स्थान नेपाल–भारत सीमाबाट करिब १५० मिटर भारतीय भूभागभित्र पर्छ।

अपरेसनका क्रममा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको अवस्थामा प्याकिङसहित करिब २ किलो अफिम र एउटा हिरो होन्डा मोटरसाइकल बरामद गरिएको एसएसबीले जनाएको छ। घटनास्थलबाट बारा जिल्लाको लंगडा चोकका ४० वर्षीय दिनेश राम र ४१ वर्षीय सोना लाल पासवान पक्राउ परेका छन्।

एसएसबीका सहायक कमान्डेन्ट बिश्वजित तिवारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तस्करीमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, जितना थाना क्षेत्रको भवानीपुर गाउँ निवासी ४० वर्षीय लालबाबु सिंहको संलग्नता खुलेपछि उनलाई पनि पक्राउ गरिएको हो।

बरामद अफिम, मोटरसाइकल तथा पक्राउ परेका तीनै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन महुआवा प्रहरीको जिम्मा लगाइएको एसएसबीका प्रवक्ता बिनित कुमार सिंहले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानबाट प्राप्त हुने थप विवरण सार्वजनिक गरिने एसएसबीले जनाएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस