सशस्त्र प्रहरीको कारबाही : पर्साबाट ११ किलो गाँजासहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १६, मंगलबार (१४ घण्टा अघि)
  • ४२ पटक पढिएको
सशस्त्र प्रहरीको कारबाही : पर्साबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगञ्ज, १६ असार। पर्साको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

मङ्गलवार बिहान करिब २ बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठ्ठा र बोर्डर आउट पोस्ट अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी अन्दाजी ५८ वर्षीय मनोहर सहनी रहेका छन् । सहनी भारततर्फ जाँदै गरेको अवस्थामा प्लास्टिकको बोराभित्र राखेर बोकेको सामान जाँच गर्दा २ पोकामा करिब ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ र पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस