१०२ केजी गाँजा बोकेको कार नियन्त्रणमा, भारतीय चालक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २२, सोमबार (९ घण्टा अघि)
  • ४६ पटक पढिएको
१०२ केजी गाँजा बोकेको कार नियन्त्रणमा, भारतीय चालक पक्राउ

वीरगञ्ज, २२ असार। पर्सामा प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको बेतिया जिल्लाको नवलपुरका ३२ वर्षीय गुड्डु बर्मा रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जानकी टोलाबाट आइतबार राति खटिएको प्रहरीको टोलीले जगरनाथपुर गाउँपालिका–२ स्थित इनर्वा जाने चोकमा भारततर्फ जाँदै गरेको बिआर ०१ सीयु ३५४४ नम्बरको सेतो रङ्गको कारलाई रोकेर चेकजाँच जाँच गरेको थियो ।

चेकजाँचका क्रममा कारभित्र लुकाएर राखिएको अवस्थामा १० वटा पोकामा रहेको १०२ किलो ६३८ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासँगै उक्त कारमा सवार बर्मालाई पनि कारसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाँजा र कारसहित नियन्त्रणमा लिइएका बर्मालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस