मधेश बजेट विवाद समाधान गर्न कार्यदल गठन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २८, आईतबार (९ घण्टा अघि)
  • ४४ पटक पढिएको
मधेश बजेट विवाद समाधान गर्न कार्यदल गठन

जनकपुरधाम, २८ असार। मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका समस्या समाधान गर्न प्रदेशसभा कार्यदल गठन गरेको छ ।

बजेटमा प्रमुख प्रतिपक्षी जसपा नेपला र जनमत पार्टीले बटेज पुनर्लेखन र छानबिनको माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको थियो । त्यसपछि एकसाता अघि अनिश्चित समयका लागि प्रदेशसभा बैठक अवरुद्ध गरिएको थियो ।

प्रदेश सभाले गठन गरेको सात सदस्यी कार्यदलमा जसपा नेपालबाट उपेन्द्र महतो, नेकपा एमालेबाट हरिनारायण महतो, नेपाली कांग्रेसबाट जंगीलाल राय छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रमोद यादव, जनमत पार्टीबाट संजय यादव, संघीय समाजवादी पार्टीकी बिमला अंसारी र राप्रपाबाट सरिता ठाकुर छन् ।

कार्यदलले आजैदेखि कार्यविधि बनाएर आफ्नो काम थाल्ने सभामुख रामअशिष यादवले बताए ।

उनले आज सदन बैठकको सुरुमै कार्यदल बनेको जानकारी गराएका छन् ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको थियो ।

बजेट पास गर्न सरकार लचकता अपनाएर कार्यदल गठनका लागि सहमत भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस