
जनकपुरधाम, २८ असार। मधेश प्रदेश सरकारको विनियोजन विधेयक २०८३ प्रस्तुत भएको छ ।
प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेटबारे सदन अवरुद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन ।
विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।
प्रदेशसभाको अर्को बैठक ३० असार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
