पर्सामा बर्थिङ सेन्टरको बाटो विवादपछि महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ३२, बिहिबार (१२ घण्टा अघि)
  • २८ पटक पढिएको
पर्सामा बर्थिङ सेन्टरको बाटो विवादपछि महिलाको मृत्यु

पर्सा , ३२ असार। पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटी टोलकी ३४ वर्षीया हीरादेवी यादवको उपचारका क्रममा मृत्यु भएको छ। परिवारले कुटपिटबाट गम्भीर घाइते भएकी यादवको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको जनाएको छ।

परिवारका अनुसार गत असार १८ गते बिहान करिब ११ बजे सार्वजनिक जग्गामा निर्माण भइरहेको बर्थिङ सेन्टरको बाटोसम्बन्धी विवादका क्रममा हीरादेवीमाथि कुटपिट भएको थियो। घटनामा गम्भीर घाइते भएपछि उनलाई प्रारम्भिक उपचारका लागि पोखरिया अस्पताल लगिएको थियो।

पोखरिया अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लगिएको र त्यहाँबाट पुनः वीरगञ्जस्थित न्युरो अस्पतालमा ल्याइएको परिवारले जनाएको छ। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस