
सिरहा, ३२ असार। सिरहामा अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सिरहा नगरपालिका–७ क्षेत्रमा प्रहरीले गरेको सवारी जाँचका क्रममा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादवलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार भारतमा दर्ता भएको बीआर ०७ एजेड ४२१५ नम्बरको मोटरसाइकलमा लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली फेला परेको थियो।
त्यसपछि हतियार, गोली र मोटरसाइकलसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।
