बस यात्रुको ब्याग चोरी आरोपमा रौतहटका दुईसहित तीन पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २, शनिबार (६ दिन अघि)
  • ६१ पटक पढिएको
बस यात्रुको ब्याग चोरी आरोपमा रौतहटका दुईसहित तीन पक्राउ

रौतहट, ०२ साउन। कास्कीमा सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्याग चोरी गरेको आरोपमा रौतहटका दुई जनासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका ४२ वर्षीय गुरुप्रसाद बजगाई, ३४ वर्षीय रविन खड्का र झापाका ४५ वर्षीय टेकबहादुर भुजेल (सूर्य) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असार ३२ गते रुपा गाउँपालिका–५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार एक महिलाको ब्याग चोरी भएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। घटनामा प्रयोग भएका अन्य प्रमाण संकलन गर्नुका साथै थप व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस