कर्मचारीमाथि कुटपिट आरोपमा पर्साका वडाध्यक्ष पटेल पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (९ घण्टा अघि)
  • ४२ पटक पढिएको
कर्मचारीमाथि कुटपिट आरोपमा पर्साका वडाध्यक्ष पटेल पक्राउ

पर्सा, ०५ साउन। पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेललाई गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पोखरियाले वडाध्यक्ष पटेललाई कालिकामाई गाउँपालिका–३ हरिहरपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दाअन्तर्गत उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान पनि जारी रहेको जनाएको छ।

गत असार २३ गते गाउँ कार्यपालिकाको कार्यालयभित्र कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कुटपिट तथा दुर्व्यवहार भएको थियो। कार्यालय समयमै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमण भएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए।

घटनाको विरोधमा कालिकामाई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनसमेत गरेका थिए।

यसैक्रममा प्रहरीले वडाध्यक्ष पटेललाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराउने तयारी गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस