महोत्तरीमा सर्पले टोकेपछि ८ वर्षीय बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ७, बिहिबार (१ दिन अघि)
  • ६० पटक पढिएको
महोत्तरीमा सर्पले टोकेपछि ८ वर्षीय बालकको मृत्यु

महोत्तरी , ०७ साउन। महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् ।

बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपपछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा विवेकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आर्थिक रुपमा अति विपन्न रहेका पीडित परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको मृतक बालककी आमा अमृतदेवी कापरले बताइन् ।

घटनाको जानकारीपछि मधेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीसहितले अस्पताल पुगेर आवश्यक समन्वय गरिरहेका छन् ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस