परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न रास्वपाको निर्देशन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ८, शुक्रबार (१६ घण्टा अघि)
  • ३५ पटक पढिएको
परिवार र आफन्तलाई स्वकीय सचिव नराख्न रास्वपाको निर्देशन

वीरगञ्ज, ०८ साउन। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको बताएका हुन्।

स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्डमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस