रौतहटमा धारिलो हतियार प्रहारबाट महिलाको हत्या, आरोपी फरार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ८, शुक्रबार (१४ घण्टा अघि)
  • १०६ पटक पढिएको
रौतहटमा धारिलो हतियार प्रहारबाट महिलाको हत्या, आरोपी फरार

रौतहट, ०८ साउन। रौतहट जिल्लाको गुजरा नगरपालिका–५, हरिहरपुरमा एक महिलाको धारिलो हतियार कुखुरी प्रहार गरी निर्ममतापूर्वक हत्या गरिएको घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।

प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का, प्रमाण संकलन तथा अनुसन्धान सुरु गरेको छ।

हत्या किन र कसले गरेको हो भन्ने विषय अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी तीव्र रूपमा भइरहेको छ भने घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने बताइएको छ।

प्रहरीका अनुसार हाल सार्वजनिक भएका विवरण प्रारम्भिक हुन्। अनुसन्धान जारी रहेकाले आधिकारिक तथ्य तथा थप विवरण पछि सार्वजनिक गरिने जनाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस