
जनकपुरधाम, १४ साउन। दुई साता स्थगित भएर बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ दुवै अनुपस्थित भएका छन् ।
संसद् बैठकमा भने दुवै जनाको खोजी भइराखेको छ ।
नेपाली कांग्रेसकी सांसद बासना थापाले एउटा नेपाली युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो भनेर प्रश्न गरिन् । ‘तपाईंले लगाएको कालो चस्माबाट मृत्यु र पीडाको रङ पनि फरक–फरक देखिन्छ र ?’ उनले प्रधानमन्त्री बालेनलाइए भनिन्, ‘सम्माननीय प्रधानमन्त्री ज्यू नेतृत्व केवल प्रशासन चलाउने विषय होइन । नेतृत्व भनेको संकटका बेलामा राष्ट्रको मनोबल सम्हाल्ने दायित्व पनि हो ।’
जब समाज डर तनाव र अविश्वासबाट गुज्रिरहेको हुन्छ । त्यतिबेला प्रधानमन्त्रीको मौनता स्वयं एउटा सन्देश बन्ने भन्दै उनले प्रधानमन्त्री बालेनको मौनता तोडिनुपर्ने बताइन् ।
साथै यो विषयमा गृहमन्त्री सुधन गुरुङले यो विषयप्रति संवेदनशील हुनुपर्ने बताइन् ।
नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो विषय संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै खोजी गरेका छन् । कांग्रेसकी सांसद रेखा कुमारी यादवले प्रश्न गरिन्, ‘यत्रो घटना घट्दा गृहमन्त्रीज्यू कहाँ हराउनुभयो ?’
