तनावग्रस्त जनकपुरमा सुरक्षा सतर्कता बढाइयो, जिल्ला सुरक्षा समितिको बैठक जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • २६ पटक पढिएको
तनावग्रस्त जनकपुरमा सुरक्षा सतर्कता बढाइयो, जिल्ला सुरक्षा समितिको बैठक जारी

जनकपुरधाम , १४ साउन। सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार, अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।

‘अहिले सुरक्षा समितिको बैठक बसिरहेको छ । परिस्थितिको मूल्यांकन गरेर परेको खण्डमा कर्फ्युसमेत लगाउनुपर्छ कि भन्ने सल्लाह हुँदैछ ,’ उनले भने ।

प्रदर्शनकारीहरू दुई पक्षबीच भडपमा उत्रिएपछि सुरक्षा अवस्थाको मूल्यांकन गर्दै अघि बढिएको सीडीओ लुइँटेल बताउँछन् ।

चोक चोकमा संवेदनशीलता हेरेर प्रहरी परिचालन गरिएको उनले बताए ।

सुनसरीको देवानगञ्जमा भएको दुई पक्षबीचको झडपले उग्र रुप लिएपछि मधेशका अन्य जिल्ला पनि अशान्त बन्न पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस