पर्सामा ठूलो परिमाणमा गाँजासहित भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (६ घण्टा अघि)
  • ३७ पटक पढिएको
पर्सामा ठूलो परिमाणमा गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज, २६ साउन। पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति करिब ९:०० बजे गुप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले १०५ किलोग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत, बिहार राज्यको बेतिया जिल्लाअन्तर्गत उजहरुपरजिलवा भागा श्रीनगर–३ निवासी अन्दाजी ५० वर्षीय सउरु चौधरी रहेका छन् ।

नेपालबाट भारततर्फ अवैध रूपमा गाँजा तस्करी गर्न लागिएको आशङ्कामा प्रहरीले घेराबन्दी गरी चौधरीलाई गाँजाका बोरासहित नियन्त्रणमा लिएको हो ।

बरामद गाँजा र नियन्त्रणमा लिइएका भारतीय नागरिकलाई थप कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको छ । घटनामा अन्य समूह वा बिचौलियाको संलग्नताबारे पनि सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस