धनुषामा विद्युत् करेन्ट लाग्दा महिलाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
  • ४० पटक पढिएको
धनुषामा विद्युत् करेन्ट लाग्दा महिलाको ज्यान गयो

धनुषा, ३१ साउन। धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ बस्ने रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतो रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार पुनिता जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा आएका बेला घटना भएको हो ।

बिहान करिब ११ बजे मोटरको स्विच थिच्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी पुनितालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।

अस्पताल पुर्‍याएपछि चिकित्सकले जाँच गर्दा दिउँसो करिब १२ बजे उनलाई मृत घोषणा गरेको डीएसपी न्यौपानेले जानकारी दिए ।

मृतकको शव हाल प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस