मधेशका ८ वटै पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ५, शुक्रबार (२ हप्ता अघि)
  • ७३ पटक पढिएको
मधेशका ८ वटै पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण

जनकपुरधाम, ०५ भदौ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय सामग्री हस्तान्तरण गरेको छ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आठवटै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। प्रत्येक शाखालाई एक-एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराइएको हो ।

सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको बताए । उनले राज्यका गतिविधि, नागरिकका समस्या र जनताको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण बताए ।

मन्त्री महतोले समाजमा भ्रमपूर्ण सूचना तथा असत्य समाचार फैलिन नदिन तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

पत्रकारिता क्षेत्रको स्वतन्त्रता, व्यावसायिकता तथा संस्थागत विकाससँग सम्बन्धित समस्या समाधानका लागि सरकार, मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस