सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (१४ घण्टा अघि)
  • ६२ पटक पढिएको
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद एक जना पक्राउ

 सप्तरी, ०७ भदौ।  सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले जानकारी दिए ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी थिइन्।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् ।

सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस