सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (२ महिना अघि)
  • १०६ पटक पढिएको
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद एक जना पक्राउ

 सप्तरी, ०७ भदौ।  सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले जानकारी दिए ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन वर्षीया सानिया खातुन आइतबार मृत फेला परेकी थिइन्।

स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया आइतबार बिहान करिब ९ बजेपछि घरबाट एकाएक बेपत्ता भएकी थिइन् ।

सानिया बेपत्ता भएको जानकारी परिवारको सदस्यले दिएपछि उनको खोजी गर्ने क्रममा घरदेखि करिब ६० मिटर पछाडि झाडीमा शव फेला परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस