गागन खोला पुलनजिक अज्ञात महिलाको शव भेटियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ५२ पटक पढिएको
गागन खोला पुलनजिक अज्ञात महिलाको शव भेटियो

सिरहा, ०९ भदौ। सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार एक महिलाको शव फेला परेको छ।

मंगलबार मध्याह्न १२ बजेको समयमा स्थानीयले पुलनजिक एक महिला मृत अवस्थामा रहेको देखेपछि प्रहरीलाई खबर  गरेका थिए ।

जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक पुष्करप्रसाद घिमिरेको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा करिब ४५ वर्ष उमेरकी तराई मूलकी जस्तो देखिने महिलाको शव घोप्टो अवस्थामा फेला परेको घिमिरेले बताए । प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक दीपक खरेलको कमान्डमा प्रहरी टोली खटिएको छ ।

सिरहाका डीएसपी रमेशबहादुर पालले महिलाको शव फेला परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस