वीरगञ्जमा सुनचाँदी चोरी प्रकरण : बाराका दुई युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (२ घण्टा अघि)
  • ६३ पटक पढिएको
वीरगञ्जमा सुनचाँदी चोरी प्रकरण : बाराका दुई युवक पक्राउ

वीरगञ्ज , १८ भदौ। वीरगञ्ज महानगरपालिका–१५ स्थित एक डेराको कोठाबाट सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले बाराका दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका २० वर्षीय अर्जुन यादव र २० वर्षीय ओमप्रकाश यादव रहेका छन्।

प्रहरीका अनुसार भदौ १४ गते घरमा कोही नभएको समयमा कोठाको ताला फोडेर कोल्हबी नगरपालिका–१० की आरतीकुमारी चौधरीको सुनचाँदीका गरगहना चोरी भएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा यादवद्वयलाई पक्राउ गरिएको हो। उनीहरू पनि पीडित चौधरी बस्दै आएको घर नजिकै डेरा गरी बस्दै आएका थिए।

पक्राउ परेका दुवै जनालाई पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस