विपद्को घडीमा तिलगंगाको ठूलो साथ : उद्धार कोषमा १ करोड ३१ लाखभन्दा बढी सहयोग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १८, बिहिबार (२ घण्टा अघि)
  • ४३ पटक पढिएको
विपद्को घडीमा तिलगंगाको ठूलो साथ : उद्धार कोषमा १ करोड ३१ लाखभन्दा बढी सहयोग

वीरगञ्ज, १८ भदौ। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा प्रतिष्ठानका कर्मचारी र अन्तर्राष्ट्रिय साझेदार संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ सहयोग गरेका छन्।

प्रतिष्ठानले अर्थ मन्त्रालयमार्फत १ करोड १ लाख १ रुपैयाँ तथा आफ्ना सम्पूर्ण कर्मचारीको एक दिन बराबरको पारिश्रमिकबापत ८ लाख ५१ हजार ३५१ रुपैयाँ कोषमा जम्मा गरेको हो।

त्यस्तै, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलियाले २१ लाख ८१ हजार २०० रुपैयाँ सहयोग गरेको जनाइएको छ।

उक्त रकमको चेक तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनकी नेपाल प्रतिनिधि एन्जिला दाहालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।

प्रतिष्ठानले विपद्को कठिन घडीमा सबै नेपाली एकजुट भई प्रभावित समुदायको उद्धार तथा पुनःस्थापनाका लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस