संविधान पुनर्लेखनका लागि यादवका तीन सुझाव सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • ५१ पटक पढिएको
संविधान पुनर्लेखनका लागि यादवका तीन सुझाव सार्वजनिक

जनकपुरधाम, ०२ असोज । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीन वटा सुझाव दिएका छन् ।

अध्यक्ष यादवले बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सुझावमा संविधानका सकारात्मक उपलब्धि संरक्षण गर्दै संघीयता, समानता, समावेशिता, सामाजिक न्याय, लोकतान्त्रिक गणतन्त्र र जनताको सार्वभौमसत्तालाई थप प्रभावकारी रूपमा संस्थागत गर्नुपर्ने उल्लेख गरेका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले पहिलो सुझावमा संविधान संशोधनको बहसलाई समग्र र निष्कर्षमुखी बनाउनुपर्ने बताए । संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूप, समावेशीता, न्यायपालिकाको पुनर्संरचना, धर्मनिरपेक्षता, सामाजिक न्याय तथा संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोतको बाँडफाँटलगायत विषयलाई समग्रतामा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

संशोधन कुनै दल वा सत्तारूढ शक्तिको स्वार्थमा सीमित नभई राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनसहभागिताका आधारमा हुनुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस