२० क्विन्टल गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (२ घण्टा अघि)
  • ४२ पटक पढिएको
२० क्विन्टल गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा

सप्तरी, ०४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुरबाट करिब २० क्विन्टल गाँजा प्रहरीले बरामद गरेको छ ।

डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलमा भण्डारण गरी राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको सप्तरी प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गरेको थियो ।

सो क्रममा भोला सदाको घरबाट ५६ पोका र मंगल मुखियाको घरबाट ८ पोका गरी जम्मा ६४ पोका  गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको हो ।

बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस