भदौमा पर्सामा अपराधका मुद्दा बढे, १५४ मुद्दा दर्ता हुँदा १३८ पक्राउ

  • Wartman Kal Dainik
  • / पत्रपत्रिका /
  • २०८३ आश्विन ५, सोमबार (४४ मिनेट अघि)
  • ३३ पटक पढिएको
भदौमा पर्सामा अपराधका मुद्दा बढे, १५४ मुद्दा दर्ता हुँदा १३८ पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा विभिन्न प्रकृतिका १५४ वटा अपराधका मुद्दा दर्ता भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सबैभन्दा बढी सामाजिक अपराधतर्फ ७७ वटा मुद्दा दर्ता भएका छन्। यस्तै, संगठित तथा आर्थिक अपराधका २४, ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ११, चोरी नौ, महिला तथा बालबालिकासम्बन्धी नौ, सवारी ज्यान पाँच र अन्य आठवटा मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार मुद्दाको अनुसन्धान तथा कारबाहीका क्रममा भदौ महिनामा १३८ जना प्रतिवादी पक्राउ परेका छन्। अदालतको फैसला कार्यान्वयनअन्तर्गत विभिन्न मुद्दामा फरार रहेका १०७ जना प्रतिवादीसमेत पक्राउ परेका छन्। उनीहरूबाट २४ वर्ष ३ महिना २८ दिन कैद भुक्तानका लागि पठाइनुका साथै १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस