‘एकल अध्यक्ष बन्नुस्’ भन्दै ठाकुर गैरेले ओलीमाथि उठाए प्रश्न

  • Wartman Kal Dainik
  • / नेकपा एमाले /
  • २०८३ आश्विन ६, मंगलबार (१ घण्टा अघि)
  • ५४ पटक पढिएको
‘एकल अध्यक्ष बन्नुस्’ भन्दै ठाकुर गैरेले ओलीमाथि उठाए प्रश्न

उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’

६ असोज, काठमाडौं । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै यस्तै शैली कायम राख्ने हो भने सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न चुनौती दिएका छन् ।बैठक सञ्चालनमा समेत परम्परा तोडिएको भन्दै उनले यस्तै शैलीले पार्टी चल्न नसक्ने धारणा राखेका थिए । ‘अब बैठक पनि आफैं चलाउने, स्वागत पनि आफैं गर्ने, नाम पनि आफैं बोलाउने! यो यसले राम्रो गरेन’उनले मंगलबारको बैठकमा भने,’ यदि यस्तो हो भने अरु पदाधिकारी किन चाहियो ? खारेज गरेर एकल अध्यक्ष बनाऊँ र अरू सबैलाई सदस्य बनाउँ ।’उनले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन बैठकमा ल्याउन माग गरेका छन् ।यो प्रतिवेदन नआइकन केन्द्रीय समितिमा थप छलफलको औचित्य नरहेको उनको धारणा थियो ।सोमबारबाट सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफैं बैठक चलाइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस