प्रहरीमाथि आक्रमण गर्ने युवक लागुऔषधसहित पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • ८८ पटक पढिएको
प्रहरीमाथि आक्रमण गर्ने युवक लागुऔषधसहित पक्राउ

धनुषा,१२ असोज। धनुषामा प्रहरीमाथि लाठी–भाटा प्रहार भएपछि प्रहरीले हवाई फायर गरेर ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

विदेह नगरपालिका–८ बफैमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी तिनकौरियाबाट खटिएको संयुक्त टोलीले स्थानीय २२ वर्षीय अजय मण्डललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मण्डलको साथबाट ब्राउन सुगरजस्तो देखिने करिब १४.४० ग्राम लागुऔषध बरामद भएको छ । लागुऔषध किनबेच भइरहेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीय ७–८ जनाको समूहले लाठी, भाटालगायतका सामग्रीले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस