सांसदविरुद्ध अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईँ पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • ३८ पटक पढिएको
सांसदविरुद्ध अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं ,१२ असोज। मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । साइबर ब्यूरोबाट आएको प्रहरीले केहीबेरअघि उनलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।

रास्वपाकी सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भनेर उनीविरुद्ध ब्यूरोमा उजुरी परेको प्रहरीले जनाएको छ । जेनजी शहिद रसिक खतिवडाकी आमा समेत रहेकी रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप प्रसाईँले लगाएका थिए ।

सांसद खतिवडाले संसद् बैठकमै प्रसाईँको अभिव्यक्तिमा आपत्ति जनाएकी थिइन् । त्यस क्रममा उनी भक्कानिएर रोएकी थिइन् । सो अभिव्यक्ति विरुद्ध खतिवडाको परिवारबाट उजुरी दिइएको बताइएको छ ।

प्रसाईँका छोरा निराजन प्रसाईँले साइबर ब्यूरोबाट पक्राउ पूर्जीसहित आएका प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस