आज ३ बजे मन्त्रिपरिषद् बैठक आह्वान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (३ हप्ता अघि)
  • ७७ पटक पढिएको
आज ३ बजे मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ,१३ असोज।  मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

सरकारले प्रशासनतर्फ र प्राविधिक तर्फका सहसचिवलाई सचिवमा बढुवाको तयारी गरेको स्रोतले जनाएको छ ।

यसअघि नै बढुवा समिति समितिले प्रशासनतर्फका सहसचिवहरु आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई बढुवाका लागि सिफारिस गरिसकेको छ ।

यसैगरी प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नविनराज सिंह र मीना श्रेष्ठ पनि सचिव बढुवाका लागि सिफारिस भएका छन् ।

प्रशासन र प्राविधिकतर्फबाट एक–एक जना बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी सरकारले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस