सुनको मूल्यमा ठूलो गिरावट, दुई दिनमा ८ हजार ८ सय घट्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (३ हप्ता अघि)
  • ७० पटक पढिएको
सुनको मूल्यमा ठूलो गिरावट, दुई दिनमा ८ हजार ८ सय घट्यो

रौतहट ,१३ असोज।  दुई दिनमै सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको छ ।

मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज  सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदी १४५ रुपैयाँ घटेको थियो । आज चाँदीको मूल्य तोलामा ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ५१० रुपैयाँ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस