बारामा हतियारसहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (१५ घण्टा अघि)
  • ५१ पटक पढिएको
बारामा हतियारसहित एक जना पक्राउ

बारा ,१३ असोज। बाराको सिम्रौनगढबाट प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन्। उनलाई सोमबार साँझ सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुसवाहको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको हो। पक्राउ परेका कुसवाहमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस